३० बैशाख २०८१, आइतबार | Sun May 12 2024

राजु घलेद्धारा जनता माविमा अन्तर्राष्ट्रिय उत्प्रेरणा प्रशिक्षण



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु बाणगंगा २ पिपरामा अवस्थित जनता माध्यमिक विद्यालयले सोमबार अन्तर्राष्ट्रिय उत्प्रेरणा प्रशिक्षक राजु घलेद्वारा आफ्ना विद्यार्थीहरुलाइ उत्प्रेरणा प्रशिक्षण दिएको छ ।

अन्तर्राष्ट्रियस्तरको प्रशिक्षक अवार्ड हात पार्न सफल प्रशिक्षक घलेले विद्यार्थीहरुलाई जीवन व्यवस्थापन, सिकाई सिप तथा उत्प्रेरणा र ध्यानको प्रभाव लगायतका विषयमा प्रशिक्षित गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले समाज रुपान्तरणका लागि सकारात्मक चिन्तन र अभ्यासको आवश्यकता हुने कुरामा जोड दिए ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक रमेश पन्थीले विद्यार्थीहरुलाई संस्कारसहितको शिक्षा प्रदान गर्ने विद्यालयको लक्ष्यमा कार्यक्रम कोशेढुङ्गा सावित भएको बताए ।

ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालय जितपुर शाखाको सहयोगमा सम्पन्न कार्यक्रममा ब्रम्हकुमारी कृष्णा, विद्यालयका शिक्षक श्यामलाल खनाल, मोहन अर्याल र उज्ज्वल अधिकारीले कार्यक्रमको प्रभावकारीता, औचित्य र सन्दर्भमा विषयमा आफ्ना धारणा राखेका थिए ।

प्रकाशित मिति : १७ श्रावण २०७९ मंगलबार ००:००  ६ : २३ बजे