१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

रामपुरमा दशधाम बनाउन रकम संकलन



पाल्पा ।
पाल्पाको रामपुरमा दशधाम बनाउन आर्थिक रकम संकलन गरिएको छ । त्यसका लागि आयोजना गरिएको सप्तदिवसीय शिवपुराण अनुष्ठान तथा लोकनाटक प्रदर्शनबाट रकम संकलन गरिएको हो ।

धर्मोदय दशावतार बालन सांस्कृतिक समूह रामपुरले गरेको सप्तदिवसीय शिवपुराण अनुष्ठान तथा लोकनाटक प्रदर्शनबाट करीब १४ लाख रुपैयाँ संकलन भएको समूहका सचिव दुर्गाप्रसाद भट्टराईले बताए ।

रामपुरलाई धार्मिक नगरीका रूपमा विकास गर्न दशधाम निर्माण गर्न लागिएको हो । कालीगण्डकी नदीसँग जोडिएको यस क्षेत्र धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य बनाउन दशधाम निर्माण गर्न लागेको समूहका सल्लाहकार गीता पौडेल बताउँछिन् । दशावतार समेटिएको बालन लोकनाटक पाल्पा रामपुरमा मात्रै रहेको जनाइएको छ ।

लोपोन्मुख अवस्थामा रहेको दशावतार बालनलाई संरक्षण गर्दै यसलाई देश तथा विदेशमा प्रचार गर्न समूहले सो दशधाम निर्माण गर्ने भएको हो ।

प्रकाशित मिति : २५ श्रावण २०७९ बुधबार ००:००  १ : ४१ बजे