१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

रोल्पामा थपिए एक हजार ९५३ नयाँ मतदाता



रोल्पा ।
रोल्पामा एकहजार ९५३ नयाँ मतदाता थपिएका छन् । आगामी मङ्सिर ४ गतेहुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले सुरुआत गरेको मतदाता नामावली सङ्कलनको क्रममा जिल्लामा ती नयाँ मतदाता थपिएका हुन् ।

निर्वाचन आयोगले गत आसार १ गते देखि तीनस्थानबाट मतदाता नामावली सङ्कलन सुरु गरेको थियो । जिल्लाको पश्चिमी र उत्तरी भेगका मतदाताका लागि इलाका प्रशासन कार्यालय घर्तीगाउँ, लिवाङस्थित जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा मतदाता नामावली सङ्कलनको काम भएको थियो । निर्वाचान कार्यालय रोल्पाका सूचना अधिकारी लभलाइट वलीले बताए ।

उनले भने, ‘मतदाता नामावलीमा दोहोरोपना नहोस भनेर काम गरिरहेका छौं।’ जिल्लाको कूल मतदाता सङ्ख्या एक लाख ५२ हजार २३ मतदाता रहेको थियो ।

सो कार्यालयका अनुसार नयाँ मतदाता थपिनु अघि ती मतदातामध्ये यस अवधिमा चार हजार १० मतदाताको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७९ बिहिबार ००:००  ३ : ३७ बजे