७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

एकीकृत समाजवादीका फैजल खान प्रदेशसभाको मुख्य दावेदार



मायादेवी अनलाइन, बाणगंगा ।
नेकपा (एकीकृत समाजवादी) कपलवस्तुका नेता फैजल खान प्रदेशसभामा चुनाव लड्ने तयारीमा छन् ।

आसन्न मंसीर ४ गते तोकिएको संघीय र प्रदेशसभा सदस्य चुनावमा खान कपिलवस्तु प्रतिनिधिसभा-१ को प्रदेशसभा ‘२’ बाट चुनाव लड्ने तयारीमा छन् ।

त्यस क्षेत्रका लोकप्रिय युवा नेता खान ०७४ मा पनि बामगठबन्धनबाट प्रदेशसभा सदस्यमा चुनाव लडेका थिए ।

कम मतान्तरमा पराजित भएका खान गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको चुनावमा मायादेवी गाउँपालिकाको अध्यक्षका उम्मेद्वार थिए ।

युवा माझ लोकप्रिय खानलाई एकीकृत समाजवादीले प्रदेशमा चुनाव उठ्ने गरी तयारी गर्न भनेको स्रोत बताउँछ ।

त्यस क्षेत्रमा रहेका समाजवादीका अर्का प्रभावशाली नेता उजिजुर रहमान शेख स्वास्थ्य अवस्थाका कारण अस्वस्थ छन् ।

खानले चुनावी अभियान थालिसकेका छन् । उनी गाउँ-गाउँ जनताको माझमा दिनहुँ खटिइरहेका छन् ।

केन्द्रमा ५ दलिय गठबन्धनको चर्चा चलिरहदा समाजवादीले मुख्य दावी गर्ने क्षेत्र यही रहेको स्रोत बताउँछ । प्रतिनिधिसभा-३ को प्रदेशसभा ‘१’ पनि समाजवादीको मुख्य दावी छ । केन्द्रस्तरमा भनेजस्तो गठबन्धन नभए समाजवादीले जिल्लामा एक्लै चुनावी प्रतिस्पर्धा गर्ने नेताहरु बताउँछन् ।

प्रकाशित मिति : २६ श्रावण २०७९ बिहिबार ००:००  ३ : ४१ बजे