१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

जनै पूर्णिमा मनाउन गएका गुल्मीका बालको डुबेर मृत्यु



गुल्मी ।

गुल्मीका एक बालकको पोखरीमा डुबेर गएराती मृत्यु भएको छ । जनैपूर्णिमा मनाउन पाल्पाको रैनादेवि छहरा गाउँपालिका(१ साउनेटोलस्थित मामा घरमा गएका गुल्मीको छत्रकोट गाउँपालिका ३ चोयगाका १४ बर्षीय मनोज रेश्मीको मृत्यु भएको हो ।

उनी हिजो साँझ मामाघर नजिकै रहेको डमराईपोखरमाी पौैडी खेल्न लागेको बेला डुबेर अचेत अवस्थामा फेला परेका थिए । उनलाई स्थानीय सर्देवा प्रहरी चौकीका प्रहरीले उद्धार गरि उपचारका लागि पाल्पा मिशन अस्पतालमा लगिएकोमा गएराती नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डिएसपी बीरेन्द्र थापाद्धारा प्रेषित प्रेस नोटमा उल्लेख छ ।

चोयगास्थित कृष्णबहादुर रेश्मीका छोरा साउन १८ गते मामाघर गएका उनि जनैपुर्णिमा मनाउन बसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७९ शुक्रबार ००:००  ११ : ४६ बजे