६ चैत्र २०८०, मंगलबार | Tue Mar 19 2024

थप ७८१ जनामा कोरोना संक्रमण, २ जनाको मृत्‍यु



काठमाडौं ।
पछिल्लो २४ घण्टामा थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्‍यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७१२ जनाको परीक्षणमा ७८१ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार २१९ जनाको पीसीआर परीक्षण गर्दा ४१९ जना र २ हजार ४२२ जनाको एन्टिजेन परीक्षण गर्दा ३६२ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ७७५ पुगेको छ । पछिल्लो २४ घण्टामा ५११ जना संक्रमणमुक्त भएका छन् ।

जसमध्‍ये ५ हजार ५६५ जना होम आइसोलेसनमा रहेका छन् भने २१० जना संस्थागत आइसोलेसन र ६३ जना आईसीयूमा छन् ।

यस्तै ८ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३९ हजार २२६ पुगेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७९ शुक्रबार ००:००  ४ : २६ बजे