६ चैत्र २०८०, मंगलबार | Tue Mar 19 2024

शिक्षक सेवा आयोगको गलत निर्णयका कारण शिक्षक लाइसेन्सका विद्यार्थीलाई सास्ती



मायादेवी अनलाइन, जितपुर ।

शनिबार हुने निमावि तह शिक्षक लाईसेन्सको परिक्षा दिन कपिलवस्तुमा विभिन्न जिल्लाबाट आएका विद्यार्थी अलपत्र परेका छन् ।

परिक्षाका लागि आएका विद्यार्थीले बस्न र खानका लागि होटेलमा कोठा नपाउँदा सास्ती खेप्नुपरेको छ । यता जिल्लाको बाणगंगा नगरपालिकाका विभिन्न चोकचोकमा विद्यार्थीहरु कोठा खोज्नका लागि भनेर दिनैभरि भौँतारि रहेको देख्न सकिन्थ्यो ।

लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुबाट भोलिको परीक्षा दिन आएका विद्यार्थीहरुले एकरात काट्नका लागि पनी कोठा नपाउँदा निकै असहज भएको मायादेवीसंग बताए ।

यसैबीच अलपत्र परेका विद्यार्थीहरुलाई होटेल व्यवसायी संघ, कपिलवस्तुको उद्योग बाणिज्य संघ, विभिन्न संघ संस्था र स्थानीयको सक्रियतामा खान र बस्नका लागि ब्यवस्था मिलाईएको छ ।

नगरका विभिन्न स्थानमा धेरै विद्यार्थी अट्ने गरि हलको व्यवस्था गराईएको छ भने कतै स्थानीयले आफ्नै घरमा बास दिएर सहयोग गरेको उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले बताउनुभयो । यस्तै घिमिरेले आफूले पनि आफ्नै घरमा केही विद्यार्थीहरुलाई बास दिएको बताउनुभयो ।

कपिलवस्तुमा निमावि लाईसेन्सका लागि ४२ परिक्षा केन्द्र तोकिएको छ । भने १० हजार परिक्षार्थी सहभागी हुने बताईएको छ । आयोगले अव्यवहारिक र हचुवाको भरमा १ घण्टाको परीक्षालाई ३ दिन लाग्ने गरि गरेको निर्णयले परीक्षार्थीहरुले सास्ती खेप्नु परेको जानकारहरुको भनाई छ । यस्तै रोल नम्बरको आधारमा परिक्षा केन्द्र निर्धारण गर्दा पनि परिक्षार्थीहरुले दुःख पाएको निष्कर्ष निकालिएको छ ।

परिक्षा साउन २८ गते अर्थात शनिबार बिहान ८ बजे देखि ९ बजेसम्मका लागि राखिएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७९ शुक्रबार ००:००  ७ : ०७ बजे