६ चैत्र २०८०, मंगलबार | Tue Mar 19 2024

कार्यदलले काम थाले पनि तत्काल घर नफर्कने मिटरब्याजी पीडितको अडान



काठमाण्डौ ।

मिटरब्याजी पीडितहरुले सरकारी कार्यदलमा आफूहरुको पनि प्रतिनिधित्व हुनुपर्ने माग गरेका छन् ।

सरकारले माग पूरा गर्न भन्दै कार्यदल गठन गरे पनि आफूहरु विश्वस्त हुन नसकेको उनीहरुको भनाइ छ । यसअघि पनि सरकारले माग पूरा गर्ने आश्वासन दिएको, तर पूरा नभएको भन्दै अब त्यत्तिकै घर नफर्कने उनीहरुले अडान लिएका छन् ।

काठमाण्डौमा धर्ना बसेका नवलपरासीका मिटरब्याजी पीडितहरुसँग सरकारी कार्यदलले हिजो वार्ता गरेको थियो । कार्यदलले प्रमाण सङ्कलन र अनुसन्धान अगाडि बढाउने आश्वासन दिँदै घर फर्किन आग्रह गरे पनि पीडितहरूले यसअघि पनि सरकारसँग सम्झौता गरेर फर्किँदा धोका भएको भन्दै अहिले त्यतिकै घर नफर्किने अडान लिएका हुन् ।

प्रकाशित मिति : २८ श्रावण २०७९ शनिबार ००:००  ७ : ३२ बजे