७ जेष्ठ २०८२, मंगलबार | Wed May 21 2025

कम्युनिस्ट आन्दोलनको रक्षाका लागि बिद्रोह : अध्यक्ष पाण्डे



मायादेवी अनलाइन, बाणगङ्गा ।

नेकपा (एकीकृत समाजवादी) का लुम्बिनी प्रदेश अध्यक्ष सोम प्रसाद पाण्डेले कम्युनिस्ट आन्दोलनको रक्षाका लागि बिद्रोह गर्नु परेको प्रष्ट पार्नु भएको छ ।

नेकपा (एकीकृत समाजवादी) कपिलवस्तुको सचिवालय बैठकलाई आइतबार सम्बोधन गर्दै अध्यक्ष पाण्डेले तत्कालिन एमाले अध्यक्ष केपी ओलीमा देखिएको ब्यक्तिवादी सोच कै कारण पार्टीबाट बिद्रोह गर्नु परेको बताउनु भयो ।

‘म अन्तिम समयसम्म पार्टी एकता बचाउन सकिन्छ कि भनेर लागेको थिए, उहाँले स्मरण गर्दै भन्नुभयो,’ केपी ओलीमा देखिएको दम्भ र अहंकार कत्ति पनि हटेन ।

त्यसले गर्दा पार्टीबाट बिद्रोह गर्नुपर्ने स्थिति बन्यो ।’ कम्युनिस्ट पार्टी भित्र बेला बेला ब्यक्तिवाद हावी देखिने गरेको पनि उहाँले उल्लेख गर्नुभयो । ‘तत्कालिन नेकपाका महासचिव केशरजंग रायमाझीले २०१९ साल पुस १ गते राजा महेन्द्रले गरेको ‘कु’ लाई समर्थन गरे, त्यसको विरुद्धमा त्यो बेला पनि पार्टीबाट पुष्पलालहरुले बिद्रोह गर्नुभएको थियो । त्यहीँ शिलशिला केपी ओलीले दोहोर्‍याए, पार्टीका पोलिटब्यूरो सदस्य समेत रहनुभएका पान्डेले भन्नू भयो, ‘कम्युनिस्ट आन्दोलन बचाउनका लागि बाध्य भएर हामीले बिद्रोह रोजेका हौं ।

‘पाल्पाबाट निर्वाचन प्रतिनिधि सभा सदस्य समेत रहनुभएका पाण्डेले पार्टी गठनको एक बर्षमा जनताको उल्लेख्य समर्थन जुटेको दावी गर्नुभएको छ । देशको संविधान बचाउनका लागि पनि आफूहरुको बिद्रोह गरेको उहाँले प्रष्ट पार्नुभयो । दुई दुई पटक संसद विघटन गरेर देशलाई स्थिरता तर्फ धकेल्ने काम केपी ओलीबाट भएको भन्दै त्यसको बिरुद्धमा आफूहरु लागेको बताउंदै आगामी निर्वाचनमा देशलाई स्थिरता दिनका लागि पनि गठबन्धन आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।

प्रकाशित मिति : ५ भाद्र २०७९ आइतबार ००:००  ८ : २५ बजे