३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

बेन्जेमा यूईएफए प्लेयर अफ द इयर घोषित



काठमाडौं ।
रियल मड्रिडका स्ट्राइकर करिम बेन्जेमा बिहीबार राति ‘यूईएफए प्लेयर अफ द इयर’ घोषित भएका छन् । त्यस्तै रियालका प्रशिक्षक कार्लो एन्सेलोटी उत्कृष्ट प्रशिक्षक घोषित भए ।

बेन्जेमा र एन्सेलोटी दुबैले गत सिजन रियाललाई कीर्तिमानी १४औं च्याम्पियन्स लिगको उपाधि जिताउन भूमिका खेलेका थिए । उत्कृष्ट लयमा रहेका बेन्जेमाले च्याम्पियन्स लिगमा १५ गोल गरेका थिए । स्पेनिस महारथी रियालले फाइनलमा लिभरपुललाई हराउँदै उपाधि जितेको थियो । यससँगै बेन्जेमाले करियरमा पाँचौं पटक च्याम्पियन्स लिग ट्रफी उचालेका थिए ।

एन्सेलोटी युरोपको सबैभन्दा प्रतिष्ठित उपाधि चारपटक जित्ने पहिलो प्रशिक्षक बने । उनले पहिलो पटक २००३ र २००७ मा एसी मिलानबाट उपाधि जितेका थिए । त्यस्तै २०१४ मा रियालबाटै च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।

इङ्ल्यान्ड महिला टोलीकी कप्तान सरिना विगमन उत्कृष्ट महिला प्रशिक्षक घोषित भइन् । इङ्ल्यान्ड महिला टोलीले आठ पटकको विजेता टोली जर्मनीलाई हराउँदै युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो । बार्सिलोनाकी एलेक्सिया पुटेलस उत्कृष्ट महिला खेलाडी घोषित भइन् ।

पुटेलसले इङ्ल्यान्डकी बेथ मिड र जर्मनीकी लेना ओबर्डोफलाई पछि पारेकी थिइन् । घुँडाको चोटका कारण २८ वर्षिया पुटेलसले युरोपियन च्याम्पियनसिप गुमाएकी थिइन् ।

प्रकाशित मिति : १० भाद्र २०७९ शुक्रबार ००:००  ९ : ३१ बजे