४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

माओवादीका कपिलवस्तु इन्चार्ज भन्छन्ः ‘दसौंला जोडेर भन्छु, मेरो चुनावमा उठ्ने आर्थिक सामर्थ्य छैन्’



मायादेवी अनलाइन, बाणगंगा ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य कमल चुदालीले चुनावमा उठ्ने आर्थिकस्थिति राम्रो नभएको भन्दै आफ्नो नाम सिफारिस नगर्न आग्रह गरेका छन् ।

बुधबार मात्र चुदालीको नाम प्रतिनिधिसभा-१ को प्रत्यक्ष तर्फ सिफारिस भएको थियो । तर, चुदालीले समानुपातिक तर्फ पनि नाम सिफारिस नगर्न आग्रह गरेका छन् ।

जिल्ला इन्चार्ज समेत रहेका चुदालीले विहीबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै यो निर्वाचन प्रणालीमा आफ्ना लागि चुनावमा उठ्नु असम्भव कुरा भएको तर्क दिएका छन् ।

‘दसौंला जोडेर मेरो भनाइ दोहोर्‍यायर राख्दछु’, ‘चुनावमा उठ्ने आर्थिक सामथ्र्य म राख्दैन । यो महँगो निर्वाचन प्रणाली ठेगानमा नआउन्जेल चुनाव मेरो लागि असम्भव छ ।’ उनी लेख्छन् ।

साथै चुदालीले भने, ‘सरी भन्दछु मेरो नाम प्रत्यक्ष वा समानुपातिक उम्मेद्वारीमा सिफारिस नगरिदिनुहुन पार्टी पङ्क्तिमा हार्दिक अनुरोध गर्दछु । सद्भावनामा कृतज्ञता जनाउछु !’

प्रकाशित मिति : २३ भाद्र २०७९ बिहिबार ००:००  ९ : ५३ बजे