८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

कपिलवस्तुमा एमालेसहित विभिन्न पार्टी परित्याग गरी दुई दर्जन बढी नेकपा (एस) प्रवेश



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुमा नेकपा (एमाले) सहित विभिन्न पार्टी परित्याग गरी दुई दर्जन बढी नेता तथा कार्यकर्ता नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् ।

जिल्लाको खरेन्द्रपुरमा आयोजित मुस्लिम इत्तेहाद संगठन, नेपालको प्रथम लुम्बिनी प्रदेश स्तरीय भेलामा एमाले निकट नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय सदस्य तथा एमाले शिवराज नगर कमिटी सदस्य अब्दुल रहमान राई एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

नव प्रवेशीहरुलाई पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले टिका र खादा ओढाएर स्वागत गरेका थिए ।

त्यस क्षेत्रका युवा नेता समेत रहेका उनी एमाले परित्याग गरी समाजवादीमा प्रवेश गरेका हुन् ।

यस्तै नेकपा (माओवादी केन्द्र) की शिवराज नगर कमिटी सदस्य शान्ता पन्थ पनि समाजवादी प्रवेश गरेकी छिन् ।

एमालेका केशवराज भुसाल, लिलाधर भुसाल, जयतुल्लाह भाट, माया खनाल, हसरत खाँ लगायत दुई दर्जन बढी नेता तथा कार्यक्रम एकीकृत समाजवादीमा प्रवेश गरेको पार्टीको जिल्ला प्रचार विभागले जनाएको छ ।

प्रकाशित मिति : २६ भदौ २०७९ आइतबार ००:००  ८ : ३८ बजे