२४ आश्विन २०८१, बिहिबार | Thu Oct 10 2024

दलीय प्रणालीलाई कमजोर बनाउने काम कसैले पनि गर्नु हुँदैन : पोखरेल



काठमाडौं ।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सरकारका कारण मुलुकको सुशासन लज्जाजनक अवस्थामा पुगेको बताएका छन्।

सोमबार काठमाडौंको बिशालनगरमा पुनर्निर्मित पञ्चकुमारी धर्मशालाको उद्घाटन गर्दै पोखरेलले संसद, न्यायालय र सरकारको अवस्था हेर्दा लाज मान्नुपर्ने अवस्था आएको बताएका हुन्।

उनले राजनीतिक दलहरुमा पनि विकृति पैदा भएकाले खबरदारी गर्नुपर्ने बेला आएको बताए। मुलुकलाई सहि दिशामा लैजान अहिलेको प्रणालीलाई बलियो बनाउनुपर्ने उनको भनाइ छ ।

उनले दलीय प्रणालीलाई कमजोर बनाउने काम कसैले पनि गर्न नहुने जिकिर गरे।

त्यस्तै, बागमती प्रदेश सांसद नारायण सिलवालले मापदण्डको पूर्वजानकारी नराखि काठमाडौं महानगरले आतंक फैलाएर संरचना भत्काउने काम गरेको बताए । उनले एकजना व्यक्ति पनि अन्यायमा नपर्ने गरि महानगरले आफ्नो काम अघि बढाउनुपर्ने धारणा राखे।

उनले आतंकको रुपमा नभई सचेतना फैलाउँदै सार्वजनिक सम्पतीको संरक्षण गर्नुपर्ने धारणा राखे।

प्रकाशित मिति : २७ भाद्र २०७९ सोमबार ००:००  १ : ४८ बजे