२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

बाणगंगा १ मा क्षयरोग सम्बन्धि अभिमुखिकरण कार्यक्रम



मायादेवी अनलाइन, जितपुर ।

बाणगंगा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा क्षयरोग सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । क्षयरोग मुक्त नेपाल अभियान घोषणा कार्यक्रम अन्तर्गत मंगलबार बाणगंगाको वडा नंम्बर १ को उत्तमनगर आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थित दलित सेवा समाज को भवनमा अभिमुखिकरण सो कार्यक्रम गरिएको हो ।

समुदाय स्तरमा क्षयरोग स्कृनिङ् क्याम्प संचालनको लागि नगरपालिकाको स्वास्थ्य शाखाले अभिमुखिकरण कार्यक्रम गरेको स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले बताउनुभयो ।

कार्यक्रममा बोल्दै पौडेलले पहिलो चरणको स्कृनिङ् क्याम्प आगामी मंसिरको दोस्रो हप्ता उत्तमनगर स्वास्थ सेवा केन्द्र्कै परिसरमा गरिने बताउदै सो क्याम्पमा हरेक टोल बाट खोकी,दम लगायतका बिरामीहरुलाई क्याम्पको बिषयमा जानकारी गराई सबैलाई उपस्थित गराउनका लागी वडाका सबै जनप्रतिनिधि,टोल बिकास समितीका अध्यक्ष ,स्वास्थ्य स्वयमसेविका लगायतलाई आग्रह गर्नुभएको छ।

वडा नम्बर १ का वडा अध्यक्ष सन्जु कुमार सारुको अध्यक्षता मा भएको कार्यक्रममा, वडा सचिब गोबिन्द प्रसाद आचार्य, सद्स्य,राजकुमार थारु,लक्ष्मी बहादुर खत्री ,सीता सुनार, ११ वडाका वटै टोल बिकास समिती अध्यक्ष तथा प्रतिनिधि ,वडाका सबै स्वास्थ्य स्वयमसेविका,सामुदायिक बिध्यालयका प्रधानाध्यापक,स्वास्थ्य सेवाकेन्द्र उत्तमनगरका कर्मचारी ,किशोर, किशोरी लगाएत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सहजीकरण उत्तमनगर आधारभुत स्वास्थ्य सेवा केन्द्रकी कार्यालय प्रमुख ईश्वरा खरेलले गर्नु भएको थियो।

प्रकाशित मिति : १५ कार्तिक २०७९ मंगलबार ००:००  ३ : ३३ बजे