२१ माघ २०८२, बुधबार | Thu Feb 5 2026

रुपन्देही-२ का स्वतन्त्र उम्मेद्वार थापालाई हाम्रो नेपाली पार्टीले समर्थन गर्ने



बुटवल ।

आगामी मंसिर ४ को निर्वाचनका लागि रुपन्देही- २ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका रुपसिंह थापालाई हाम्रो नेपाली पार्टीले समर्थन गर्ने भएको छ । उक्त पार्टीको लौरो चिन्ह लिएर उम्मेद्वार बनेका कमल भुसाल (निकोलस)को उम्मेदवारी खारेज भएपछि थापालाई सहयोग गर्ने सहमति भएको लुम्बिनी प्रदेश संयोजक इसा खड्काले बताइन् ।

उम्मेदवार थापाले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संयोजक खड्काले स्वतन्त्रहरुलाई नै जिताउने आफूहरुको अभियान भएकाले थापालाई मतदान गर्न आग्रह गरिन्। सो अवसरमा बोल्दै उम्मेदवार थापाले रुपन्देही(२ मा आफ्नो जित सुनिश्चित भएको दाबी गरे ।

सत्तारुढ गठबन्धनप्रति टिप्पणी गर्दै थापाले सत्ता स्वार्थका लागि दलहरुले जनतालाई दल छनोट गर्ने अवसरबाट निषेध गरेको आरोप लगाए । ‘यो गठबन्धन होइन, ठगबन्धन् हो ।’(थापाले भने, सबैले बुझिसकेका छन् मंसिर-४ मा जनताले निर्णय गर्छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७९ शुक्रबार ००:००  १२ : ०२ बजे