१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

कपिलवस्तु १ को प्रदेशसभा (१) मा एमालेका पन्थी निरन्तर अगाडी



मायादेवी अनलाइन, बाणगङ्गा ।

कपिलवस्तु १ को प्रदेश सभा १ मा नेकपा (एमाले) का उम्मेदवार बिष्णु पन्थीले ५ हजार ६९३ मतका साथ अग्रता लिएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका नेपाली काङ्ग्रेसका उम्मेदवार डोलकराम घिमिरेले ४ हजार ३५५ मत पाएका छन् ।

पन्थी र घिमिरेको मतान्तर १ हजार ३३८ रहेको छ ।

पछिल्लो बिबरण अनुसार बाणगङ्गा नगरपालिका वडा नम्बर ९ मा एमालेका पन्थीले १५ सय ६८ मत पाएका छन् । घिमिरेले ९ सय ९० मत पाएका छन् ।

राप्रपाका भोजराज आचार्यले ३ सय ३९ मत ल्याएका छन् ।

हालसम्म यो प्रदेशमा बाणगङ्गाका वडा नम्बर २, १०, ५ र ९ को मतगणना भएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९ मंगलबार ००:००  ७ : ४६ बजे