८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कपिलवस्तु २ मा एमालेले घटायो अग्रता, ३५ मतले कांग्रेस उम्मेदवार आचार्य अगाडी



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु २ मा नेकपा एमालेका उम्मेदवार बृजेश कुमार गुप्ताले मतान्तर घटाउँदै लगेका छन् । निर्वाचनको मतगणना सुरु भए देखि नै पछाडी परेका गुप्ताले मतान्तर घटाउँदै लगेका हुन् ।

विहीबार दिउँसो १२ः१५ सार्वजनिक भएको मत परिणाममा गुप्ता नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्रराज आचार्य भन्दा ३५ मतले पछाडी देखिएका छन् ।

गुप्ताले २२ हजार १०१ मत पाउँदा कांग्रेस उम्मेदवार आचार्यले २२ हजार १३६ मत पाएका छन् । यहाँ बुद्धभूमि नगरपालिका र महाराजगन्ज नगरपालिकाको मतगणना गरिएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९ बिहिबार ००:००  १२ : २१ बजे