१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कपिलवस्तु ३ (१) मा झिनो मतान्तरका साथ एमालेका अर्जुन केसी निर्वाचित



मायादेवी अनलाइन, बाणगंगा ।

कपिलवस्तु ३ को प्रदेश सभा १ मा झिनो मतान्तरले नेकपा (एमाले) का उम्मेदवार अर्जुन केसी निर्वाचित भएका छन् ।

केसीले लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार रविदत्त मिश्रालाई हराएका हुन् ।

एमाले उम्मेदवार केसीले ११ हजार ७३५ मत पाउँदा मिश्राले ११ हजार ७२८ मत पाए ।

०७४ मा पनि तत्कालिन बाम-गठबन्धनबाट केसीले चुनाव जित्दा मिश्रा पराजित भएका थिए ।

गएको मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम मत परिणाम अनुसार यस निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कृष्ण प्रसाद पौडेल ५ हजार १७३ मत पाएर तेस्रो भएका छन् ।

सत्ता-गठबन्धनका नेकपा (माओवादी केन्द्र) का उम्मेदवार एहसान अहमद खाँले ३ हजार ६२९ मत पाउँदा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार जीवलाल पौडेलले २ हजार ६०८ मत पाएका छन् ।

सच्चाइएको

प्रकाशित मिति : ८ मंसिर २०७९ बिहिबार ००:००  १ : ५१ बजे