१५ मंसिर २०७९, बिहिबार | Thu Dec 1 2022

कपिलवस्तु १ (१) मा फराकिलो मतान्तरले बिष्णु पन्थी बिजयी



मायादेवी अनलाइन, बाणगङ्गा ।

कपिलवस्तु १ को प्रदेश सभा १ मा नेकपा एमालेका विष्णु पन्थी विजयी भएका छन्

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको विहिवार बिहान सम्पन्न प्रदेश सभा ९१ ०को मतगणनामा उम्मेदवार पन्थीले २० हजार २ सय ४७ मत प्राप्त गरी विजयी भएका हुन् ।

मतगणनाको सुरुवाती चरण देखि नै अगाडी देखिएका पन्थी फराकिलो मतान्तरले बिजयी भएका हुन् ।

पन्थीका प्रतिस्पर्धी सत्ता गठबन्धनका नेपाली काङ्ग्रेसका उम्मेदवार डोलकराम घिमिरेले १५ हजार ७ सय ९७ मत प्राप्त गरे ।

घिमिरेलाई ४ हजार ४ सय ५० मतले पछाडि पार्दै पन्थी प्रदेश सभामा दोस्रो कार्यकालका लागि विजयी भएका हुन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९ बिहिबार ००:००  ४ : ५७ बजे