१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

कपिलवस्तु ३ (१) मा एमालेका अर्जुन केसी विजयी



कपिलवस्तु ।

कपिलवस्तु ३ को प्रदेश सभा १ मा झिनो मतान्तरले नेकपा एमाले का उम्मेदवार अर्जुन केसी निर्वाचित भएका छन् । केसीले लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार रविदत्त मिश्रालाई हराएका हुन् ।

एमाले उम्मेदवार केसीले ११ हजार ७३५ मत पाउँदा मिश्राले ११ हजार ७२८ मत पाए । केसिले ७ मतान्तरले चुनाव जितेका छन् । ०७४ मा पनि तत्कालिन बाम गठबन्धनबाट केसीले चुनाव जित्दा मिश्रा पराजित भएका थिए ।

गएको मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम मत परिणाम अनुसार यस निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कृष्ण प्रसाद पौडेल ५ हजार १७३ मत पाएर तेस्रो भएका छन् ।

सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्र का उम्मेदवार एहसान अहमद खाँले ३ हजार ६२९ मत पाउँदा नेकपा एकीकृत समाजवादी का उम्मेदवार जीवलाल पौडेलले २ हजार ६०८ मत पाएका छन् । यद्यपि निर्वचन आयोगले आधिकारीक घोषणा गर्न बाँकि रहेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९ बिहिबार ००:००  ५ : ०३ बजे