१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मतगणनामा धाँधली भएको भन्दै कपिलवस्तु ३ मा नाराबाजी, रोकियो मतगणना



मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुमा मतगणना रोकिएको छ । कपिलवस्तु क्षेत्र नं ३ को प्रदेशसभा १ तर्फको मतगणना रोकिएको हो ।

पछिल्लो परिणामअनुसार एमालेका उम्मेदवार अर्जुन केसीले ११ हजार ७३५ मत पाएका छन् । त्यस्तै, लोसपाका उम्मेदवार रविदत्ता मिश्राले ११ हजार ७२८ मत पाएका छन् ।

केसी निर्वाचित भइसकेको एमाले नेता कार्यकर्ताको दाबी छ । उनीहरूले ७ मतले केसी विजयी भएको बताएका छन् ।

अर्कातर्फ लोसपाका नेता-कार्यकर्ताले भने मतगणनामा धाँधली भएको भन्दै नाराबाजी गरेका छन् । जसका कारण मतगणना रोकिएको छ । अर्कातर्फ निर्वाचन अधिकृतले आधिकारिक रूपमा विजयी घोषणा गरेका छैनन् ।

नाराबाजी हुन थालेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९ बिहिबार ००:००  ८ : ५६ बजे