१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कपिलवस्तु–१ (२) मा एमाले उम्मेदवार चौधरी निर्वाचित



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु १ को प्रदेश सभा २ मा नेकपा एमालेका उम्मेदवार मधुसुदन शरण चौधरी विजयी भएका छन् ।

चौधरीले निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका नेपाली कांग्रेसका उम्मेदवार सहसराम यादवलाई २६ सय ८२ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।

मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा कुर्मीले ११ हजार ७४८ मत पाउँदा उनका प्रतिस्पर्धी यादवले ९ हजार ३३ मत पाएको निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधि सभा १ का निर्वाचन सहायक अधिकृत शान्तराज आचार्यले जानकारी दिए ।

निर्वाचनमा पराजित भएका यादव लुम्बिनी प्रदेश सभाका भौतिक पूर्वाधार मन्त्री समेत हुन् । उनी ०७४ मा यही क्षेत्रबाट तत्कालिन संघीय समाजवादी फोरमबाट विजयी भएका थिए ।

यस्तै नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार फैजल खानले ८ हजार ८०७ मत पाएर तेस्रो भएका छन् ।

निर्वाचनमा ३८ हजार ३२६ मत खसेको थियो । जसमा १९ सय ७० मत बदर भएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९ बिहिबार ००:००  ९ : २६ बजे