७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

जितको खुसीयालीमा राप्रपाले निकाल्यो विजयी र्‍याली



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विजयी र्‍याली निकालेको छ । कपिलवस्तु ३ को प्रदेश सभा २ मा चुनाव जितेको राप्रपाले त्यो क्षेत्रमा विजयी र्‍याली गरेको हो ।

राप्रपाका उम्मेदवार जानकी प्रसाद यादवले नेकपा (एमाले) का उम्मेदवार रजाउर्रहमान खानलाई पराजित गरेका थिए ।

०७४ साल देखि हरेक चुनावमा भाग लिएका यादव यसपालि विजयी भएका हुन् । उनी दुई पटक विजयनगर गाउँपालिका अध्यक्षमा निर्वाचन लडे भने दुई पटक प्रदेश सभामा चुनाव लडे ।

अन्तिम पटकको चुनावमा उनले राप्रपाबाट चुनाव जितेका हुन् । यसभन्दा अगाडीका चुनावमा उनी स्वतन्त्र र जनता समाजवादी पार्टीबाट उठेका थिए ।

विजयी उम्मेदवारसहित राप्रपाका कार्यकर्ताले दुई दिन लगातार विजयी सभा गरिरहेको छ ।

यादवले ८ हजार ५८२ मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्द्धी एमालेका उम्मेदवार खानले ७ हजार ९०७ मत पाएका छन् ।

सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विरेन्द्र कानौडिया तेस्रो भए । ०७४ सालको निर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित कनौडिया यसपालि तेस्रो भएका हुन् । सत्ता गठबन्धनको साथ पाएर पनि उनले चुनाव जित्न सकेनन् ।

भावि लुम्बिनी प्रदेशको मुख्यमन्त्री ठानिएको कनौडिया निर्वाचनमै पराजित हुन पुगेका हुन् । कानौडियाले ६ हजार ७९ मत पाएका छन् ।

प्रकाशित मिति : १० मंसिर २०७९ शनिबार ००:००  ९ : ५५ बजे