१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

सुकुम्बासी बस्तीको समस्यालाई लिएर मेयर शाहद्वारा प्रधानमन्त्रीसँग छलफल



काठमाण्डौ ।

काठमाण्डौ महानगरपालिकाले बाग्मती नदी किनारमा रहेका अवैध संरचना तथा बस्ती हटाउनेबारे थप छलफल र तयारीलाई अगाडि बढाउने भएको छ । महानगरका मेयर बालेन्द्र शाहले आवश्यक छलफल थाल्नुभएको छ ।

हिजोको अवस्थापछि बेलुका मेयर शाहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यसबारेमा छलफल समेत गर्नुभएको छ । हिजो थापाथली बस्तीमा महानगर तथा अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले संरचना हटाउन खोजेपछि तनाव भएको थियो ।

महानगरको नगर प्रहरी र डोजरले बस्ती हटाउन खोजेपछि सुकुम्बासीले घरेलु हतियारसहित ढुङ्गामुढा समेत गरेका थिए । सुकुम्बासी बाग्मती बस्तीका बासिन्दा रातभर पनि जाग्राम बसेका छन् । यसअघि बाग्मती सभ्यता एकीकृत विकास समितिले बाग्मती सुकुम्बासी बस्ती हटाउन कात्तिक २४ गते सूचना निकालेको थियो ।

तोकिएको समय १० दिनभित्र स्थानीयले अवैध संरचना नहटाएपछि महानगर प्रहरी डोजरसहित सुकुम्बासी बस्तीमा पुगेको थियो । महानगरका सह–प्रवक्ता महेशकुमार काफ्लेका अनुसार महानगरको नीति अनुसार नै अगाडि बढ्ने र यसबारेमा आज थप छलफल गर्ने तयारी छ ।

प्रकाशित मिति : १३ मंसिर २०७९ मंगलबार ००:००  ८ : ३२ बजे