१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

जीवनोपयोगी शिक्षा आवश्यक छ : मन्त्री चौधरी



देउखुरी ।

सहरी विकास मन्त्री मेटमणी चौधरीले विद्यार्थीलाई जीवनोपयोगी बनाउने गरी शिक्षा ग्रहण गर्नुपर्नेमा जोड दिनुभयो ।

दाङ देउखुरी बहुमुखी क्याम्पसले आयोजना गरेको निर्वाचित सांसदहरूलाई बधाई एवं सम्मान कार्यक्रममा मन्त्री चौधरीले सो कुरा बताउनुभएको हो ।

दाङ क्षेत्र नं. १ बाट निर्वाचित हुनुभएका उहाँले भन्नुभयो, ‘‘अहिले चिट सारेर नक्कल गरेर पास भएर भएको सफलताले भविष्यमा सफल हुँदैन त्यसैले सिक्ने गरी शिक्षा दिन आवश्यक छ ।’’

शिक्षा मानव जीवनको लागि अपरिहार्य आवश्यक रहेको उल्लेख गर्दै मन्त्री चौधरीले वर्तमान सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रशस्त लगानी गरेको समेत स्मरण गराउनुभयो ।

वर्तमान सरकारले शिक्षा र स्वास्थ्यको लागि विशेष योजना बनाएरै लगानी गरेको बताउँदै उहाँले अब बन्ने सरकारको ध्यान सोही मार्ग भएर अगाडि अघि बढ्छ, भन्नुभयो ।

यस्तै, लुम्बिनी प्रदेशका स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्री तथा दाङ १ (क) बाट निर्वाचित प्रदेश सांसद इन्द्रजित थारुले प्रदेश सरकारले दाङ देउखुरीको विकासमा महत्त्वपूर्ण काम गरेको स्मरण गर्नुभयो ।

त्यसैगरी दाङ १ (ख) बाट निर्वाचित प्रदेश सांसद अनुराग खड्काले देशको विकासमा युवाको महत्त्वपूर्ण योगदान रहने भन्दै उच्च शिक्षामा लगानी बढाएर शिक्षा क्षेत्रको सुधार आवश्यक रहेको बताउनुभयो ।

प्रकाशित मिति : १३ मंसिर २०७९ मंगलबार ००:००  ५ : ४८ बजे