४ बैशाख २०८१, मंगलबार | Wed Apr 17 2024

सबै वडामा एम्बुलेन्सको पहुँच बढाउँदै मायादेवी



मायादेवी अनलाइन, तौलिहवा ।
‘एक वडामा एक एम्बुलेन्स’ अभियानअन्तर्गत कपिलवस्तुको मायादेवी गाउँपालिकाले चार उपस्वास्थ्य चौकीलाई एक एक वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ। यससँगै ८ वटा वडा रहेको मायादेवी गाउँपालिकामा सबै वडामा एम्बुलेन्सको पहुँच पुगेको छ।

‘एक वडा एक एम्बुलेन्स’ को अवधारणाअन्तर्गत मायादेवी गाउँपालिकाले यसअघि चारवटा वडालाई एम्बुलेन्स हस्तान्तरण गरिसकेको छ। यसपटक वडा नं ३ फुलिका, वडा नं ४ पिा नं ५ बलहुवा र वडा नं ६ डुमरा स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्रदान गरिएको हो।

गाउँपालिकाका अध्यक्ष वलिउद्दीन मुसलान र उपाध्यक्ष मेयर सरस्वती यादवले वडाध्यक्ष र वडाका प्रतिनिधिलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका थिए। प्रभावकारी स्वास्थ्य सेवाको पहुँच बढाउन गाउँपालिकाका सबै वडामा एम्बुलेन्स प्रदान गरिएको अध्यक्ष मुसलमानले बताए। उनले समयमै उपचार नपाउँदा अकालमा कुनै पनि नागरिकको ज्यान नजाओस् भन्ने उद्देश्यले एम्बुलेन्स प्रदान गरिएको बताए।

‘बिरामी, घाइते तथा समस्यामा परेको नागरिकलाई तत्काल अस्पतालसम्म लैजानका लागि वडामा एम्बुलेन्स व्यवस्था गरिएको हो’ उनले भने। महिन्द्रा कम्पनीको एम्बुलेन्स गाउँपालिकाले भन्सार छुट सहुलियतमा खरिद गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत परमेश्वर यादवले बताए। जिल्लाकै १० पालिकामध्ये मायादेवी गाउँपालिकाका सबै वडामा एम्बुलेन्सको पहुँच पुग्ने पहिलो पालिका भएको उनले बताए। 

प्रकाशित मिति : १४ मंसिर २०७९ बुधबार ००:००  २ : ५५ बजे