१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बाणगंगाको फोहोर व्यवस्थापनका लागि अनेरास्ववियु सिद्धार्थद्धारा ध्यानाकर्षण



कपिलवस्तु ।

बाणगंगा नदि किनारमा रहेको फोहोर व्यवस्थापनको विषयमा अनेरास्ववियु सिद्धार्थ क्याम्पस कमिटीले चासो देखाएको छ ।

नदि किनारमा रहेको डम्पिङ साइटमा आगो लागेर वातावरणमा गम्भिर असर पर्दासम्म पनि नगरले वेवास्ता गरेको भन्दै यतिबेला नगरको तिव्र आलोचना भैरहेको छ ।

सोही विषयमा बिहीबार अनेरास्ववियु सिद्धार्थ क्याम्पस कमिटीका अध्यक्ष पशुपति गिरीको संयोजकत्वमा गएको विद्यार्थीहरुको समुहले नगर प्रमुख चक्रपाणी अर्याल लाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

बस्ती, विद्यालय र मुख्य सडकदेखि नजिक रहेको डम्पिङ साइटमा लागेको आगोका कारण श्वासप्रश्वासमा गम्भिर असर परेको भन्दै १० दिन भित्र फोहोरको उचित व्यवस्थापन गर्न नगरप्रमुख मार्फत ध्यानाकर्षणपत्र बुझाईएको अध्यक्ष गिरीले बताए ।

ध्यानाकर्षण पत्र बुझ्दै नगरप्रमुख अर्यालले फोहोर व्यवस्थापनमा र फोहोरमा लागेको आगोको धुँवाले पार्ने असर प्रति नगर गम्भिर रहेको बताउँदै यथासिघ्र समस्याको समाधान गर्ने बताए ।

यस्तो छ ध्यानाकर्षणपत्र

प्रकाशित मिति : २९ मंसिर २०७९ बिहिबार ००:००  ३ : २१ बजे