१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

भारतको बिहारमा विषालु रक्सी खाँदा ३९ जनाको ज्यान गयो



एजेन्सी ।
भारतको बिहार राज्यमा विषालु रक्सी खाँदा ३९ जनाको ज्यान गएको छ । बिहारको छपरा जिल्लामा अस्ति मङ्गलवारदेखि आज बिहीवारसम्म विषालु रक्सी खाएका ३९ जनाको ज्यान गएको र ३० जना बिरामी परेका बीबीसीले जनाएको छ । बिरामीमध्ये धेरै जनाको अवस्था गम्भीर रहेको र थप उपचारका लागि पटना पठाइएको खबरमा उल्लेख छ । 

छपरा जिल्लाका डीएम राजेश मिणाका अनुसार रक्सी खाएकाहरूको आँखाको ज्योति गुमेको छ भने धेरैमा लगातार बान्ता हुने समस्या देखिएको छ । बिहारमा रक्सी बेच्न र खान बन्देज लगाइएको छ ।

यो घटनापछि सरकारले छपरा जिल्लाका प्रभारी रीतेश मिश्र र कन्स्टेबल विकेश तिवारीलाई सेवाबाट हटाएको छ । लुकाएर रक्सी बेचेको शङ्कामा प्रहरीले बिहारका पसलमा छापा मार्न सुरु गरेको छ भने रक्सी बनाउने सम्भावित ठाउँका व्यक्तिलाई पक्राउ पनि गरेको छ ।

बिहारमा सन् २०१६ मा नीतीश कुमार सरकारले रक्सीको बिक्री र सेवनमा प्रतिबन्ध लगाएको थियो । त्यसयता अवैध र विषालु रक्सी खाँदा बर्सेनि यस्ता घटना हुने गरेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७९ बिहिबार ००:००  ५ : २१ बजे