१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

‘जिविकोपार्जनको स्रोत हाँस र कुखुरापालन’



मायादेवी अनलाइन, बाणगंगा ।
दैनिक घरखर्चोको उपयुक्त माध्यम कुखुरा र हाँसपालन भएको छ । कोभिड-१९ महामारीले रोजगारी गुमेका घरपरिवारको उपयुक्त माध्यम कुखुरा र हाँसपालन भएको हो ।

कपिलवस्तु बाणगंगा ३ सिउटीकी उर्मीला थारु कुखुरा र हाँसपालनबाटै घरायसी खर्च टार्ने हुनुभएको छ ।

उर्मीलाका श्रीमान ट्याक्टर चालक हुनुहुन्छ । कोभिड महामारीसंगै श्रीमानको पेशा गुम्यो । नदीजन्य पदार्थको ठेक्का नलाग्दा ट्याक्टर चलाउने पेशा बन्द भयो । चार धुर मात्र जग्गा जमीन भएको उर्मीलाको परिवारमा ठूलै आर्थिक संकट आई लाग्यो ।१२ बर्षीय छोराको पढाई खर्चको पिरलो उर्मीलालाई उस्तै थियो ।

यही बीचमा सिद्धार्थ सामाजिक विकास संस्थाले बनाएको ज्योती स्वाभलम्वन समूहमा उहाँ आवद्ध हुनुभयो । संस्थाबाट केही कुरा सिके पछि उहाँको आर्थिकस्थिति हेरेर जिविकोपार्जनका लागि सिद्धार्थले केही अनुदान दियो ।

स्टोम फाउण्डेसनको सहयोगमा उहाँले ४० हजार पाउनुभयो । त्यही पैसाबाट उहाँले लोकल जातको कुखुरा र हाँस पाल्न थाल्नुभयो । दिगो तथा मर्यादित सामाजिक आर्थिक सशक्तीकरण परियोजना (सिड्स) बाट अनुदान पाएपछि उहाँको गर्जो टर्ने स्थिति बनेको हो ।

‘एक बर्ष अगाडी देखि पालेको कुखुरा र हाँसले आम्दानी दिइरहेको छ । घरखर्च चलाउन नै धौ धौ भएको बेला कुखुरा र हाँस पालनबाट केही सहजता भएको छ’, उर्मीला भन्नुहुन्छ ।

उर्मीलाको आयस्रोतको अन्य कुनै माध्यम छैन् । ठूलो व्यवासाय गर्न पूजि छैन् । कहीँ जागीर गरौं भने सीप छैन् । अध्ययनको सीमाले पनि उहाँलाई राम्रो जागीरबाट बन्चित गराएको छ ।

उर्मीला सामु हाल १४ ओटा हाँस छन् । २० वटा ब्रोइलर कुखुरा पाल्नुभएको छ । पहिलो चरणमा कोइलर कुखुरा पालेर राम्रै आम्दानी गर्नुभएकी उर्मीलाले अहिले ब्रोइलर पाल्नुभएको छ । ४५ दिनै बेच्न सकिने भएकाले ब्रोइलर पाल्नुभएको हो ।

घरमा पालेका कुखुरा र हाँस बेच्नका लागि बजारको समस्या नभएको उहाँ बताउनुहुन्छ । ‘ग्राहक घरसम्म आएर खरिद गर्छन्, उहाँले भन्नुभयो ।’

प्रकाशित मिति : ५ पुस २०७९ मंगलबार ००:००  १२ : ०५ बजे