१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

झापामा हात्तीको आक्रमणले श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते



झापा ।

झापामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ११ को बच्चाबगरमा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु भएको हो ।

गए राति करिब २ बजे हात्तीले स्थानीय कृष्णमाया भण्डारीलाई आक्रमण गरेको थियो ।

हात्तीले घर भत्काउन थालेपछि उनी बाहिर निस्केकी थिइन् । त्यही क्रममा हात्तीले आक्रमण गरेर घाइते बनाएको थियो । हात्तीले श्रीमान् शान्तिराम भण्डारीलाई पनि आक्रमण गरी गम्भीर घाइते बनाएको छ ।

घाइते कृष्णमायाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। श्रीमान् शान्तिरामको उपचार भइरहेको छ ।

स्थानीय बासिन्दाका अनुसार एउटा छावासहित हात्तीको समूह गाउँ पसेको थियो । एक छावासहित ४ वटा हात्तीले शनिबार बेलुकी ११ बजेदेखि नै गाउँमा आतंक मच्चाएको थियो ।

हात्ती आहारा खोज्दै भण्डारण गरिराखिएका अन्न खान गाउँ पसेको हो। छावा हात्ती घरभित्र पस्ने र उक्त छावालाई बाहिर निकाल्न माउ हात्तीले घर भत्काउने गरेको स्थानीयले बताए ।

प्रकाशित मिति : १७ पुस २०७९ आइतबार ००:००  ७ : ५७ बजे