४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

कर्णाली प्रदेश सभाको अधिवेशन आजदेखि सुरु हुँदै



काठमाडौं ।

कर्णाली प्रदेशसभाको अधिवेशन आजदेखि सुरु हुँदैछ।

नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख तिलक परियारले बैठक आह्वान गरेका हुन्। नयाँ प्रदेशसभा सदस्यको शपथग्रहणपछि कर्णालीमा पहिलो पटक बैठक बस्न लागेको हो।

बैठक दिउँसो १ बजे प्रदेशसभा भवन वीरेन्द्रनगरमा सुरु हुने प्रदेशसभा सचिव जीवनराज बुढाथोकीले जानकारी दिए। ४० सदस्यीय कर्णाली प्रदेश सभामा २४ जना प्रत्यक्षतर्फ र १६ जना समानुपातिक प्रणालीबाट सांसद बनेका छन्।

कर्णालीमा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १÷१ जना सांसद रहेका छन्। एक जना स्वतन्त्र सांसद छन्।

प्रकाशित मिति : १८ पुस २०७९ सोमबार ००:००  ८ : २७ बजे