४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

गण्डकी प्रदेशसभाको बैठक बस्दै



काठमाडौं ।

गण्डकी प्रदेश सभाको अधिवेशन आजदेखि सुरु हुँदैछ।

नयाँ प्रदेशसभा सदस्यको शपथपछि पहिलो पटक बैठक बस्न लागेको हो। बैठक आज अपरान्ह ३ बजेदेखि प्रदेश सभा भवन नदीपुरमा सुरु हुनेछ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसको २७, नेकपा एमालेको २२, नेकपा माओवादी केन्द्रको ८, राप्रपाको २ र नेकपा एकीकृत समाजवादीको १ सांसद रहेको छ।

गण्डकीमा हालै बनेको गठबन्धनको बहुमत रहेको छ। एमालेको २२, माओवादीको ८ र राप्रपाको २ सांसद रहेकाले यहाँ सरकार बनाउन सहजै बहुमत पुग्छ।

प्रकाशित मिति : १८ पुस २०७९ सोमबार ००:००  ८ : ३० बजे