४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

राष्ट्रियसभाको एक सिटका लागि माघभित्र उपचुनाव हुने



काठमाडौँ ।

राष्ट्रियसभाको रिक्त रहेको एक सिटका लागि माघभित्र उपचुनाव हुने भएको छ । उपचुनावका लागि मिति तय गर्न सोमबार निर्वाचन आयोग पदाधिकारीको बैठक बस्दैछ । प्रतिनिधिसभा चुनावमा उठ्नका लागि एमालेका सांसद खिमलाल भट्टराईले राजीनामा दिएपछि राष्ट्रियसभामा एक सिट खाली भएको थियो ।

राष्ट्रियसभा सदस्य राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि मतदाता हुने भएकाले तत्काल रिक्त स्थान पूर्ति गर्नुपर्ने भएकाले उपचुनाव हुन लागेको आयोगका एक अधिकारीले बताए । यसबारे सोमबार आयोग पदाधिकारीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटे जानकारी गराएका छन् । प्रधानमन्त्री दाहालले आयोगले उपयुक्त ठानेको समयमा उपचुनाव गर्न सकिने बताएका थिए ।

प्रधानमन्त्रीसँगको भेटमा आयोग पदाधिकारीले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कानुनी प्रक्रियाबारे जानकारी गराएका थिए । राष्ट्रपति र उपराष्ट्रपति चुनावका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्यहरु मतदाता हुन्छन् ।

प्रकाशित मिति : १८ पुस २०७९ सोमबार ००:००  १२ : ५२ बजे