२६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026

अत्याधिक चिसोका कारण रुपन्देहीको रोहिणीका विद्यालयहरू बन्द



रुपन्देही ।

जाडो बढेसँगै रुपन्देहीको रोहिणी गाउँपालिकाभित्रका विद्यालयहरू ६ दिनका लागि बन्द हुने भएका छन् । गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले आज एक प्रेस विज्ञप्ति जारी गर्दै जाडो बढेकाले बालबालिकाहरूको स्वास्थ्यलाई मध्यनजर गरी पुस १९ देखि पुस २४ गतेसम्म सबै सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयहरू बन्द रहने जनाएका छन् ।

वर्षे बिदाबाट कट्टी हुने गरी ६ दिन विद्यालय बन्द रहने सूचनामा जनाइएको छ । केही दिनयता यस क्षेत्रमा जाडोले जनजीवन प्रभावित हुन थालेको छ ।

प्रकाशित मिति : १८ पुस २०७९ सोमबार ००:००  ४ : १८ बजे