२२ बैशाख २०८३, मंगलबार | Tue May 5 2026

खुकुरी प्रहार गर्ने ३ विद्यार्थीलाई निकाल्यो आरआर क्याम्पसले



काठमाडौं

काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) ले खुकुरी प्रहार गर्ने ३ जना विद्यार्थीलाई क्याम्पसबाट निस्कासन गरेको छ।

गत पुस १३ गते बिहानी कक्षा सञ्चालन भइरहेका बेला आरआर क्याम्पस परिसरभित्र विद्यार्थीहरूले खुकुरी प्रहार गरेका थिए।

खुकुरी प्रहार गर्न संलग्न रहेका विद्यार्थीहरू कृष्ण गिरी, सबिन निरौला र जलप तामाङलाई आरआर क्याम्पसले निस्कासन गरिदिएको छ।

क्याम्पस प्रमुख प्रा.डा. जीवनधर ज्ञवालीले खुकुरी प्रहारमा संलग्न तीन विद्यार्थीलाई निस्कासन गरिएको बताए।

खुकुरी प्रहारबाट आरआरमा अनेरास्ववियूका अध्यक्ष मदन भण्डारी, उपाध्यक्ष लोकेश्वर खड्का र पवन खड्का, हर्क बोहरा घाइते भएका थिए।

प्रकाशित मिति : १९ पुस २०७९ मंगलबार ००:००  ८ : ०० बजे