१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

पाल्पाको रैनादेवीमा बस दुर्घटना, ६ जनाको ज्यान गएको वडाध्यक्षद्धारा पुष्टि



रुपन्देही ।
रुपन्देहीको सालझण्डी ढोरपाटन सडक अन्तरगत पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं ८ खुर्सानेमा ग १ ख ४९७७ नम्बरको यात्रुबाहक बस दुर्घटनामा ६ जनाको ज्यान गएको छ ।

रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर पाल्पाको रैनादेवी छहराको खुर्साने गएको उक्त बस खुर्साने पुग्नै लाग्दा बुढीदमार भन्ने स्थानमा दुर्घटनामा परेको वडा अध्यक्ष रेम बहादुर रानाले बताए ।

वडा अध्यक्ष रानाका अनुसार मृतकहरु सबै रैनादेवी छहरा गाउँपालिका वडा नं ८ खुर्सानेका हुन् । रातको समयमा जंगल क्षेत्रमा दुर्घटना भएका कारण समयमा उद्धार गर्न समस्या परेको उनले बताए।

‘घाईतेहरुलाई उपचारका लागि बुटवल पठाईएको छ । गाडीमा अझै पनि केही च्यापिएको अवस्थामा रहेका छन् घटनालाई उदृत गर्दै वडाध्यक्ष रानाले भने ।’

दुर्घटनामा परेको उक्त बस सडकबाट ५० मिटर तल अप्ठ्यारो भिरमा खसेको र रातको समय भएकाले क्षतीको एकिन बिवरण पाउन नसकेको उनले बताए।

मृतक र घाईतेहरु एकै ठाउँका हुन । तर को को हुन भन्ने अझै खुल्न सकेको छैन वडा अध्यक्ष रानाले भने ।

प्रकाशित मिति : २२ पुस २०७९ शुक्रबार ००:००  ५ : ३८ बजे