१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

रुपन्देहीमा बालिकामाथि यौन दुर्व्यवहार गर्ने युवा पक्राउ



बुटवल ।

रुपन्देहीको सैनामैना नगरपालिकाको–६ मा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । घरमा अभिभावक नभएको मौका छोपी साँझको समयमा आगो ताप्ने बहाना पारी घरमा आई जवरजस्ती गर्ने २५ वर्षीय मधु सोमरेलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।

आगो ताप्ने वाहनामा घरमा आई जवरजस्ती करणी गर्ने मनसायले बालिकाको संवेदनशील अंगहरुमा छुने चलाउने तथा जवरजस्ती करणी गर्न खोजेको आरोपमा सोमरेलाई सैनामैना नगरपालिकाको सुखौराबाट पक्राउ गरी जवरजस्ती करणी उद्योग कसुरमा अनुसन्धान भैरहेको छ ।

बालिकाको आमा विदेशमा भएको र घरका बुबा पनि काममा गएको मौका पारी आफूलाई जवरजस्ती करणी गर्न खोजेको कुरा बालीकाले छिमेकी महिलालाई बताएकी थिइन् । सो बारे जानकारी पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रकाशित मिति : २३ पुस २०७९ शनिबार ००:००  १२ : ०८ बजे