८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

अर्घाखाँचीको सन्धिखर्कमा ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु



बिष्णुकुमार आले, अर्घाखाँची ।

अर्घाखाँचीको सन्धिखर्कमा ट्याक्टरले मोटरसाईकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि मृत्यु हुनेमा अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा नम्बर १ तुम्कोट निवासी ६७ बर्षीय चन्द्र बहादुर नेपाली रहेको प्रहरीले जनाएको छ ।

सन्धिखर्कबाट तुम्कोट जाँदै गरेको लु ११ प ५५८० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको लु २ त १७६३ नम्बरको ट्याक्टरले ठक्कर दिदा घाईते भएका मोटरसाइकल चालक नेपालीको उपचारको क्रममा मेडिकल कलेज भैरहवामा मुत्यु भएको हो ।

ठक्कर दिने चालक र गाडीलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कृष्ण घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : २३ पुस २०७९ शनिबार ००:००  ५ : १० बजे