२६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026

पुस २७ गते सार्वजनिक विदा दिने सरकारको निर्णय



काठमाडौं ।
सरकारले पुस २७ गते सार्वजनिक विदा निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पृथ्वीजयन्तीको अवसरमा पुस २७ गते बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको मन्त्री ज्वाला साहले जानकारी दिइन्।

‘आजको क्याबिनेट बैठकले पुस २७ गते पृथ्वीजयन्तीको अवसरमा सार्वजनिक विदा निर्णय गरेको हो,’ मन्त्री साहले पुष्टि गरिन्।

सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागी हुनका लागि पुस २७ गते सार्वजनिक विदा हुनुपर्ने शर्त राखेको थियो। सरकारको तर्फबाट सार्वजनिक भएको न्यूनतम साझा कार्यक्रममा पनि पुस २७ गते सार्वजनिक विदा दिने उल्लेख गरेको थियो। 

प्रकाशित मिति : २५ पुस २०७९ सोमबार ००:००  ७ : १२ बजे