१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

रिसलाई कसरी व्यवस्थापन गर्ने ?



काठमाडौं ।
रिस एक नकारात्मक मनोभावना हो । अधिकांश मानिसलाई धेरथोर रिस उठ्छ नै । तर कमैले मात्र यसको व्यवस्थापन गर्न सक्छन् ।

रिसले समय र परिस्थितिअनुसार मनमा उठेका भावनालाई स्वतः मार्ने काम गर्छ । रिस यदि नियन्त्रणबाट बाहिर जान थाल्यो भने विभिन्न समस्या उत्पन्न हुन्छ ।

रिसले मान्छेलाई सफलताबाट असफलता तर्फ लैजान्छ । व्यक्ति, परिवार, समाज हुँदै आफ्नो व्यवसाय हरेक काममा रिसले समस्या निम्त्याउन सक्छ । स्वास्थ्यको दृष्टीकोणले पनि रिसलाई राम्रो मानिदैन । मस्तिष्क मात्रै होइन रिसले मुटुमा रिसले असर गर्न सक्छ ।

रिसलाई कसरी व्यवस्थापन गर्ने ?
१. रिस उठेको बेला म रिसाइरहेको छु भन्ने कुरा मान्न तयार हुने हो भने रिस स्वतः घट्छ ।

२. रिसको झोंकमा आँखा देखिन्न भन्ने गरे पनि रिस उठेको बेला आँखा देख्नु नै स्वीकार गर्नु आँखा देख्नु हो ।

३. रिस उठेको बेला अंकलाई उल्टो गिन्ती गन्नु उत्तम हुन्छ । यसो गर्दा सोचाइबाट ध्यान अन्यत्र जान्छ र रिसको आवेग कम हुँदै जान्छ ।

४. बिस्तारै केहीबेर लामो श्वास तान्नले पनि रिस कम गर्न सकिन्छ ।

५. रिस कम भएपछि आफ्नो सबैभन्दा मिल्ने साथीलाई रिस उठेको कारणबारे भन्नु राम्रो हुन्छ, मन हल्का हुन्छ ।

६. रिस उठेको बेला आवेगमा आएर कुनै पनि निर्णय लिनु हुँदैन ।

प्रकाशित मिति : २८ पुस २०७९ बिहिबार ००:००  ७ : ०३ बजे