७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश



काठमाडौं ।
नेकपा एमाले परित्याग गरेका वामपन्थी नेता घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गर्नुभएको छ । नयाँ बानेश्वरको एक होटलमा शुक्रवार आयोजित कार्यक्रमबीच उहाँ पार्टी प्रवेश गर्नुभएको हो ।

पार्टी प्रवेश कार्यक्रममा नेता घनश्याम भुसालले ओलीवादका कारण धराशायी बनेको कम्युनिस्ट आन्दोलनलाई आफू प्रवेश गरेको पार्टीले अघि बढाउने बताउनुभयो ।

उहाँले एकीकृत कम्युनिस्ट पार्टी र नेकपाको असली विरासत माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा रहेको दाबी गर्नुभयो । एमालेले संवैधानिक सर्वोच्चता र जनताको बहुदलीय जनवाद (जबज) लाई ध्वस्त बनाएको भुसालको आरोप छ ।

नेकपा एमालेका पूर्व उप-महासचिव भुसालले गएको मङ्सिर ४ गतेको चुनावमा टिकट नपाए पछि पार्टी परित्याग गरी रुपन्देही–१ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिनुभएको थियो । उहाँ एमालेका नेता छविलाल विश्वकर्मासँग पराजित हुनुभएको थियो ।

प्रकाशित मिति : ३० पुस २०७९ शनिबार ००:००  १ : ४४ बजे