१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

प्युठानको गौमुखीमा भक्तजनको भिड



प्युठान ।

प्युठानको धार्मिक तथा पर्यटकीयस्थल गौमुखिमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । गौमुखि गाउँपालिका –२ मा पर्ने झिमरुक नदीको उदगमस्थल गौमुखिमा दर्शन गर्न आउने भक्तजनको भिड लागेको हो ।

बागलुङसँग सिमाना जोडिएको गौमुखिमा प्युठानसहित रोल्पा, गुल्मी, बाग्लुङबाट भक्तजन आएको स्थानीय मित्र थापाले बताउनुभयो । रातिदेखि नै गौमुखिमा भिड बढेको र अहिले कम हुँदैगएको उहाँले जानकारी दिनुभयो ।

गौमुखिमा परेवा उडाउने, कापि कलम, धजा भेटि चढाउने चलन रहेको छ । सडकको सुबिधाले गर्दा अहिले भक्तजनको चाप बढेको थापाले बताउनुभयो । पहिले हिडेर आउनुपर्ने अबस्था थियो, उहाँले भन्नुभयो, “अहिले गाडीमा सहज रुपमा आउन सकिन्छ ।” यसैबीच प्युठानको स्वर्गद्वारी, ऐरावतीलगायत ठाउँमा मेला लागेको छ ।

प्रकाशित मिति : १ माघ २०७९ आइतबार ००:००  ३ : ३० बजे