११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

विमान दुर्घटनाको खबरले स्तब्ध छु : राष्ट्रपति भण्डारी



काठमाण्डौ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरामा भएको यति एअरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले ट्वीट गर्दै दुर्घटनामा ज्यान गुमाउने यात्रु एवम् चालक दलका सदस्यप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

‘यती एअरलाइन्सको एटिआर–७२ विमान पोखरामा दुर्घटना भएको खबरले स्तब्ध भएको छु । दुर्घटनामा जीवन गुमाउने यात्रु एवम् चालक दलका सदस्यहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु’, राष्ट्रपतिले भन्नुभयो ।

६८ जना यात्रु र चार जना चालक दलका सदस्यसहित काठमाण्डौबाट पोखराका लागि उडेको विमान पोखरामा अवतरण गर्ने तयारीका क्रममा सेती नदी खोँचमा खसेको हो ।

प्रकाशित मिति : १ माघ २०७९ आइतबार ००:००  ५ : ०५ बजे