२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मन्त्रालय बाँडफाँटमा जसपाको असहमति



काठमाडौँ ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) ले सत्ता साझेदार दलहरुबीचमा भएको मन्त्रालयको भागबण्डामा असहमति जनाएको छ । सो पार्टीलाई २ मन्त्रालय दिने सत्ता साझेदार दलमा सहमति भएपनि उसले अस्वीकार गरेको हो ।

जसपा प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले मन्त्रालय बाँडफाँडमा जसपाको गम्भीर असहमति रहेको बताए । ‘सत्ता गठबन्धनले सोमबार गरेको मन्त्रालय बाँडफाँटमा जनता समाजवादी पार्टी, नेपालको असहमति रहेको छ’, उनले भने, ‘निर्णयमा पुनर्विचार नगरिए जसपा सरकारमा सहभागी हुँदैन ।’

बैठकपछि उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानले भने साझेदार दलमा रहेको जसपालाई मनाउन प्रयास गरिने बताएका छन् । लामिछानेले मन्त्रीहरुको शपथ मंगलबार दिउँसो १ बजे हुने पनि जानकारी दिए ।

प्रकाशित मिति : ३ माघ २०७९ मंगलबार ००:००  ६ : ३७ बजे