७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मैत्रीपूर्ण फुटबलः पीएसजीले साउदी क्लब रियाद–११ लाई हरायो



काठमाडौं ।
मैत्रीपूर्ण फुटबलमा पेरिस सेन्ट जर्मेइन (पीएसजी) ले साउदी क्लब रियाद अल स्टार–११ लाई हराएको छ ।

गए राति रियादको किङ फाहद रङ्गशालामा भएको खेलमा पीएसजी ५–४ गोलले विजयी भएको हो । पीएसजी खेलको ३९ औँ मिनेटमा नै १० खेलाडीमा समेटिएको थियो । उसका लिओनल मेस्सी, किलियन एमबाप्पे, मार्किन्हस, सर्जियो रामोस र ह्युगो एकिटिकेले एक/एक गोल गरे । नेयमार पेनाल्टीमा गोल गर्न चुके ।

रियादका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले दुई तथा एन्डरसन तालिस्का र जाङ ह्युन सुले एक÷एक गोल गरे ।

प्रकाशित मिति : ६ माघ २०७९ शुक्रबार ००:००  ७ : ३७ बजे