१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरालाई उपसभामुखको उम्मेदवार बनाउने



काठमाडौ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा रानालाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ । शुक्रबार बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सत्तारुढ गठबन्धनबीच उपसभामुख रास्वपाले पाउने सहमति भएको छ । त्यसैले अब राना सत्तागठबन्धनको साझा उम्मेदवार बन्ने भएकी छन् । यसअघ रास्वपामा सोविता गौतम, सुमना श्रेष्ठ, चन्दा कार्कीको नाम चर्चामा थियो । चारमध्ये उप्रेतीले सभामुख बन्न निकै लबिइङ गरेकी थिइन् । अब उनी इन्दिराको प्रस्तावक बन्ने भएकी छन् ।

प्रतिनिधिसभाको उपसभामुख चयनका लागि शुक्रबार उम्मेदवारी दर्ता हुँदैछ । प्रतिनिधिसभाले बिहीबार सभामुख पाएसँगै आजबाट उपसमाभुखको निर्वाचन प्रक्रिया सुरु गरिएको हो । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार मनोनयन दिउँसो १ देखि अपरान्ह्र ४ बजेसम्मका लागि तोकिएको छ ।

प्रकाशित मिति : ६ माघ २०७९ शुक्रबार ००:००  १ : १० बजे