१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

सुदूरपश्चिम प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेटको फाइनलमा



काठमाण्डौ ।

सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेटको फाइनलमा पुगेको छ । आज भएको पहिलो खेलमा मधेस प्रदेशलाई ११४ रनले हराउँदै सुदूरपश्चिम फाइनलमा पुगेको हो । इटहरीको जनता मावि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा २ विकेट गुमाए १८० रन बनाएको थियो ।

सुदूरपश्चिमका ओपनरद्वय कप्तान बिन्दु रावल र कविता कुँवरले १ सय २८ रनको साझेदारी गरे । कविता कुँवर आउट भएपछि आएकी कविता जोशीसँग मिलेर कप्तान बिन्दुले थप ५२ रनको साझेदारी गरिन् । अविजित रहेकी बिन्दुले ५२ बलमा ९ चौकासहित ६० रन बनाइन् ।

बलिङतर्फ मधेसकी साना प्रविण र भूमिसिंहले १–१ विकेट लिए । जवाफमा मधेसले ८ विकेट गुमाएर ६६ रनमात्र बनाउन सक्यो । मधेसका लागि एलिसा यादव १४ रन, सीमा कुँवर १६ रन र प्रतिमा साहले १९ रन बाहेक अरुले दोहोरो अङ्क बनाउन सकेनन् ।

सुदूरपश्चिमका मनिषा चौधरी र ऋतु कनोजियाले २–२ विकेट लिए । कविता कुँवर र स्नेहा महराले १–१ विकेट लिए ।

प्रकाशित मिति : ६ माघ २०७९ शुक्रबार ००:००  २ : २० बजे