१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

जाडोमा नुहाउन ग्यास गिजरको प्रयोग गर्नुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्



एजेन्सी ।

ग्यास गीजर खासगरी इलेक्ट्रिक गीजर भन्दा फरक हुन्छ । ग्यास गीजरले काम गर्न ग्यास सिलिन्डरको आवश्यकता पर्दछ । इलेक्ट्रिक गीजरको तुलनामा यो सस्तो हुन्छ त्यसैले मान्छेले यसको बढी प्रयोग गरेको पाइन्छ ।

साथै यो इलेक्ट्रिक गीजरभन्दा सजिलो पनि हुन्छ प्रयोग गर्नका लागि । आफूले चाहेको तापक्रममा पानी आउने हुँदा यसलाई प्रयोग गर्न सजिलो मानिन्छ ।

ग्यास गीजर अन गरेपछि यसबाट हुने लिकेजका कारण कार्बन मोनोअक्साइड नामक ग्यास निस्कन्छ । यदी बन्द कोठामा यो ग्यास लिक भयो भने मान्छेको ज्यान पनि जान सक्छ ।

यसले बन्द कोठामा भएको अक्सीजनको मात्रालाई कम गर्ने गर्छ, जसले गर्दा मानिसमा कार्डियक अरेस्ट, ब्रेन तथा शरीरमा अन्य नोक्सान हुन सक्छ ।

ग्यास गीजरको प्रयोग गर्दा तपाईंले केही सावधानी अपनाउनुपर्ने हुन्छ । यसको प्रयोगमा थोरै पनि लापरवाही तपाईंको लागि घातक हुन सक्छ । ग्यास गीजर प्रयोग गर्ने समयमा यसको लिकेजको विशेष ख्याल गर्न जरुरी छ ।

यसबाहेक यदी तपाईं ग्यास गीजर प्रयोग गर्नुहुन्छ भने अन्य यी कुरामा पनि ध्यान दिनुहोस् ।

बन्द खालको कोठामा ग्यास गीजर जोड्ने गल्ती नगर्नुहोस् ।
यदी तपाईंको बाथरुम सानो तथा बन्द खालको छ भने एउटा निकासको व्यवस्था जरुर गर्नुहोस् ।
ग्यासलाई सकेसम्म कोठाभन्दा बाहिर जोड्नुहोस् ।
ग्यास गीजरलाई खोलेपछि बन्द गर्न पनि नभुल्नुहोस् ।
सकेसम्म पानी भरेर नुहाउने बानी गर्नुहोस् ।
नुहाउन सुरु गरेपछि गीजर बन्द गर्नुहोस् ।
ग्यास गीजर प्रयोग गरेका बेला स्वास लिन गाह्रो जस्तो समस्या देखियो भने तुरुन्त डाक्टरलाई सम्पर्क गर्नुहोस् ।
यसको प्रयोगमा लापरवाही गरिए जीवनलाई नै भारी पर्न सक्छ । बच्चाको पहुँचबाट टाढा राख्नुहोस् ।

प्रकाशित मिति : ६ माघ २०७९ शुक्रबार ००:००  ४ : ३० बजे