७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

स्वास्थ्य मन्त्रीद्वारा दादुरा प्रकोप क्षेत्रको अवलोकन



काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले नेपालगन्ज उपमहानगरपालिकामा फैलिएको दादुरा प्रकोप क्षेत्रको अवलोकन गरेका छन्।

मन्त्री गिरीसहित स्वास्थ्य सचिव डा रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्र रमण श्रेष्ठ, मन्त्रालयको नीति योजना महाशाखा प्रमुख डा कृष्ण पौडेल सहितको टोलीले बाँके पुगेर नेपालगन्ज उपमहानगरपालिका र त्यस आसपास फैलिएको दादुरा महामारी क्षेत्रको अवलोकन गरेको हो।

उनीहरु विभिन्न स्वास्थ्य सस्थामा पुगेर दादुरा विरुद्धको जारी खोप अभियानको पनि अवलोकन गरेका छन्।

साउन १२ गतेदेखि फैलिएको दादुरा संक्रमण नियन्त्रण गर्न हाल महामारीलक्षित खोप कार्यक्रम तीव्र पारिएको छ। बाँकेबाट फैलिएको दादुरा हाल सुर्खेतमा समेत पुगेको छ।

समुदायस्तरमा दादुरा फैलिएपछि पुस २२ गतेदेखि दादुरा(रूबेलाविरूद्धको खोप अभियान सुरु गरिएको छ। हाल नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गत १, ४, ५, ७, ८, ११, १४, र १५ का ७ वटा वडाका १५ वटा खोप केन्द्र बनाइ ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरूलाई तीव्र रूपमा खोप लगाइएको छ।

प्रकाशित मिति : ८ माघ २०७९ आइतबार ००:००  १ : १० बजे