१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

न्युजिल्याण्डले एकदिवसीयको शीर्ष वरीयता गुमायो



काठमाण्डौ ।

भारतसँगको एकदिवसीय शृङ्खलामा पराजित भएपछि न्युजिल्याण्डले आईसीसीको शीर्ष वरीयता गुमाएको छ ।

अस्ति भएको दोस्रो एकदिवसीयमा भारतसँग ८ विकेटले पराजित भएको न्युजिल्याण्डले एक खेल बाँकी छँदै शृङ्खला गुमाएपछि एकदिवसीय वरीयतामा शीर्ष स्थानबाट दोस्रोमा झरेको हो ।

न्युजिल्याण्ड एकदिवसीय वरीयतामा शीर्ष स्थानबाट दोस्रोमा झरेपछि इंल्याण्ड शीर्ष स्थानमा पुगेको छ । इंल्याण्ड तीन हजार ४ सय अंकसहित शीर्ष स्थानमा छ भने तीन हजार एक सय ६६ अंक रहेको न्युजिल्याण्ड दोस्रो स्थानमा छ ।

अहिले तेस्रो स्थानमा रहेको भारत न्युजिल्याण्डसँगको तेस्रो खेलमा पनि विजयी भएमा शीर्ष स्थानमा पुग्नेछ । तेस्रो खेल पर्सि मङ्गलवार हुँदैछ ।

प्रकाशित मिति : ८ माघ २०७९ आइतबार ००:००  ३ : ४३ बजे